पर्सामा मेडिकलका विद्यार्थीसहित थप ७ जनामा कोरोना पुष्टि
टुडेपाटी-
वीरगञ्ज, साउन ४ गते ।
वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा ईन्टर्नसिप गरिरहेका एक मेडिकल छात्रसहित पर्सामा थप ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
केही दिनअघि भारतबाट आएर मेडिकल कलेजमा ईन्टर्नसिप गरिरहेका एक जना मेडिकल छात्र र पर्सा जिल्लाका विभिन्न क्वारेन्टिन तथा औषधि कारखानामा कार्यरत मजदुरहरु गरि सात जनामा शनिबार राति कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन कुमार उपाध्यायले जानकारी दिए ।
वीरगञ्जको त्रिजुद्ध माविको क्वारेन्टिनमा रहेका एक जना, पर्साको पर्सागढी नगरपालिका स्थित क्वारेन्टिनमा रहेका एक र मारुती फर्मास्टियुकल्स प्रालीमा कार्यरत चार जना मजदुरहरुमा कोरोना पुष्टि भाएको उपाध्यायले बताए ।
कारखानामै कार्यरत रहेको बेला ज्वरो आएकोले शंका लागि नारायणी अस्पतालमा आफै आएर परीक्षण गराउँदा उनीहरुमा संक्रमण देखिएको हो ।
Sponsored
संक्रमण पुष्टि भएका सातैजनालाई उपचारको लागि नारायणी अस्पताल मातहत रहेको अस्थायी कोभिड विशेष अस्पतालमा भर्ना गरिएको मेसु उपाध्यायको भनाइ छ ।