TodayPati

महोत्तरीमा पानीमा डुबेर दुई बालिकाको ज्यान गयो

टुडेपाटी-
माहोत्तरी, साउन १ गते ।

महोत्तरीमा खाल्डोमा जमेको पानीले डुबेर दुई बालिकाको ज्यान गएको छ । ज्यान जानेमा भ भंगहा नगरपालिका ६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुन रहेको प्रहरीले जनाएको छ ।

खाल्डोमा जमेको वर्षाको पानीमा नुहाउने क्रममा दुबै बालिकाको त्यहि मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश शिवाकोटीले जानकारी दिए ।

Sponsored

दुबै बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *