वीरगञ्जमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियो
टुडेपाटी-
वीरगञ्ज, असार ३१ गते ।
अविरल वर्षाका कारण वीरगञ्जको तिलावे नदीमा आएको बाढीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव भेटिएको छ ।
बुधबार बिहान वीरगन्ज महानगरपालिका–१९ विन्ध्यवासिनीका मुकेश साह कलवारका १२ वर्षीय छोरा सुमित कलवारको शव भेटिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले जानकारी दिए ।
मंगलबार दिउँसो साथीहरूसँगै पौडी खेल्न गएका सुमित नदीमा डुबेर बेपत्ता भएका थिए । बालक बेपत्ता भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी,नेपाली सेनाको टोलीले शव फेला पारेको प्रहरी नायब उपरिक्षक कुँवरले बताए । शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको छ ।
Sponsored