TodayPati

प्रधानमन्त्री ओली विरुद्ध जनकपुरमा प्रदर्शन

टुडेपाटी-
जनकपुरधाम, असार ३१ गते ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवाना रामको जन्मस्थल भारतको अयोध्यान नभइ पर्साको ठोरी रहेको दिएको अभिव्यक्ति विरुद्धमा जनकपुरमा प्रदर्शन भएको छ । विश्व हिन्दु परिषदको व्यानरमा युवा तथा साधुशन्तले जनकपुरमा मंगलबार बिहान जनकपुरमा प्रदर्शन गरेका हुन् ।

जनकपुरको विभिन्न भागमा प्रदर्शन गर्दै जनकचौकमा पुगेर जुलुस कोणसभामा परिणत भएको थियो । कोणसभमा बोल्दै साधुशन्तले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले विश्वका करोडौं हिन्दु धर्माबलम्बीको आस्थामाथि बज्र प्रहार भएको जिकिर गरे । उक्त अभिव्यक्तिले नेपाल र भारतबिचको सदियौंको रोटीबेटिको सम्बन्धमा खलल पुग्ने भएकाले अभिलम्ब अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्रीसंग उनीहरुले माग गरेका छन् ।

Sponsored

यता साधुशन्तको संगठन रामानन्दीय वैष्णव संघका महासचिव नवलकिशोर शरणले एक विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले सनातन हिन्दु धर्मग्रन्थ र हिन्दुधर्माबलम्बीको आस्थामा ठेस पुगेको ठहर गरेको छ । प्रधानमन्त्रीले अभिलम्ब उक्त अभिव्यक्ति फिर्ता नलिए कडा संघर्षमा हिन्दु समाज आन्दोलनमा जाने र त्यसबाट हुने क्षतिको सम्पूर्ण जिम्मेबार सरकार हुने चेतावनी समेत दिएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

One thought on “प्रधानमन्त्री ओली विरुद्ध जनकपुरमा प्रदर्शन

  • July 15, 2020 at 9:27 am
    Permalink

    मोदी बाउ ले बुद्द भारतको भन्दा चुप बस्ने राम नेपालको भन्दा उल्टो भारतकै गुन गाउने नेपाली हुन सक्ला?

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *