TodayPati

महोत्तरीमा बाढीबाट भएको क्षति निरीक्षण गर्न ट्याक्टरमै निस्के सीडीओ

रञ्जन भण्डारी-
महोत्तरी, असार ३० गते ।

जिल्ला सदरमुकाम जलेश्वरमा विगत दुई दिन देखि बाढीको पानी पसेर नगरबाट वाहिर निस्कन सक्ने सवै बाटो अवरुद्ध भएपछि जलेश्वर तथा जिल्लाका अन्य स्थानमा वाढीको प्रभाव र क्षति निरिक्षण गर्न प्रमुख जिल्ला अधिकारी(सिडियो) कृष्ण वहादुर कटुवाल ट्याक्टरमै निस्केका छन । सुरक्षा निकाय,जनताको तटबन्ध,हुलाकी सडक तथा अन्य सम्बन्धित सरोकारवालाहरुसंग प्रजिअले निरिक्षण गरेका हुन ।

निरिक्षणको क्रममा जलेश्वरमा वाढीको पानी आउने रातु नदीको एकडारा गाउपालिका ६ कोल्हुवा र महोत्तरी गाउपालिकाको रानी रतवाराको मध्यभागमा अवस्थित तटबन्ध मंगलवार भित्र पुर्ण मर्मत गरिसक्न जनताको तटबन्धलाई निर्देशन दिए । प्रजिअ कटुवालले नदीमा ठुलै वाढी आउने पानी तत्काल नभएपनि विभिन्न स्थानमा कमसल र जिम्मेवारी विहिन किसिमले निर्माण गरिएको अधुरो तटबन्धकै कारण जिल्लाका धेरै स्थान डुवानमा परिरहेकोले त्यसता स्थानहरु उनले आफै निरिक्षण गर्दै जनताहरुसंग समेत उनको पिडा सुन्दै समाधानको लागि प्रतिवद्धता जनाएका थिए ।

Sponsored

प्रजिअ कटुवालले निरिक्षणकै क्रममा महोत्तरी गाउपालिका ३ मडै स्थित हुलाकी सडक अन्तर्गतकै वाढीले वगाएको सडकको समेत अनुगमन गर्दै तत्काल उक्त सडक समेत सुचारु गर्न हुलाकी सडकलाई निर्माण कम्पनीसंग समन्वय गरि काम सम्पन्न गर्न निर्देशन दिए । उक्त सडक जलेश्वर देखि वर्दिवाससम्मको वैकल्पिक सडक रहेकोले सो मर्मत गर्नासाथ जलेश्वर बर्दिवासको वैकल्पिक सडक सुचारु हुनेछ । सोहि क्रममा झण्डै सय घर दलितको वाढीको पानी पस्न लागेको खवर पाएका प्रजिअ कटुवाल सोहि वडाको डाम्ही टोलमै पुगेर उनीहरुको पिडा सुन्दै वाढीको पानी निकासको लागि गाउपालिका अध्यक्षसंग समन्वय गरेका छन ।

उनले जिल्ला स्थित महोत्तरी गाउपालिकाको वदिया वन्चौरी स्थित हुलाकी सडकमै पर्ने रातु पुल र बल्वा नगरपालिका स्थित बल्वा बजार पुग्न हुलाकी सडककै सानो कल्भर्ट तत्काल मर्मत गर्न निर्देशन दिए ।

कारागारमै पानी,रेडक्रसले गरे पिउने पानी सहयोग

Sponsored

यता जलेश्वर कारागारमै करिव तिन फिट पानी जमेर पानीको हातेकल र भान्सा घर नै डुवानमा परेपछि नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाले सय कार्टुन पानीको वोतल सहयोग गरेका छन । हातेकलमा पानी पसेर पानी पिउने अवस्था नभएपछि रेडक्रसले सहयोग गरेको हो ।

खाना बनाउन समेत पानीले ठाउ अभाव भएपछि जेलर मकसुदन महासेठले राती पानी नपरे पानी घटने वताए । हाल सोमवार साझ समेत केहि मात्रामा पानी घटेको उनले वताए ।


सोमवार साझसम्मको वाढीको अवस्था यस्तो छ :

सदरमुकाम जलेश्वर,मटिहानी,पिपरा,वल्वा,महोत्तरी लगायतका पालिकाहरुमा रहेको पानीको चाप केहि मात्रामा कम भएको छ । विपद व्यवस्थापन समितिले बन्द सडक र कमजोर तटबन्ध मर्मतको लागि कडाई गरेपछि भोली साझसम्म हुलाकी र परिक्रमा सडकहरु खुल्ने सम्भावना छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *