TodayPati

जनकपुरमा मास्क नलगाएर हिड्नेलाई कारबाहीबाट बचाउन मास्क दिइने

टृडेपाटी-
जनकपुरधाम, असार २३ गते ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण एवम् प्रहरी प्रशासनको जरिवाना र कारबाहीबाट नागरिकलाई जोगाउनका लागि धनुषा चेम्बर अफ कमर्सले मास्क नलगाएर हिंडडुल गर्नेहरुलाई मास्क उपलब्ध गराईरहेको छ ।

सोमबारदेखि मास्क प्रयोग नगर्नेलाई कानूनी कारबाही एवं जरिवानाबाट जोगाउन र जनचेतना फैलाउने दृष्टिकोणले धनुषा चेम्बर अफ कमर्सद्वारा मंलबारदेखि जनकपुरधामको विभिन्न चोकमा चेकजाँचमा खटिएका सुरक्षाकर्मी एवं ट्राफिक प्रहरीलाई चेम्बरका पदाधिकारीहरुले मास्क हस्तान्तरण गरेका हुन् ।

Sponsored

सोमबार धनुषामा १ सय ६० जना माथि मास्क नलगाएको भन्दै जरिवाना एवं कारबाही गरिएको समाचार प्रकाशित भएपछि चेम्बरले निरन्तर प्रत्येक चोकमा मास्क उपलब्ध गराई सर्वसाधारणमा अनिवार्य मास्क लगाउनुपर्ने जनचेतना फैलाउने उद्देश्यले आजदेखि मास्क सुरक्षाकर्मीको जिम्मा लगाइएको धनुषा चेम्बर अर्फ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रले जानकारी दिए । यस कार्यलाई दैनिक निरन्तरता दिने धनुषा चेम्बरको अभियान रहेको उनले बताए ।

कोरोनाको महामारीको यस्तो विषम अवस्थामा मास्क व्यक्तिगत सुरक्षाको भरपर्दो साधन बनेकोले लगभग सबैले मास्कको प्रयोग गर्ने गरेका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *