TodayPati

राष्ट्रपति भण्डारीलाई भेट्न पुगे प्रधानमन्त्री ओली, मन्त्रीहरुलाई बालुवाटार बोलाए

टुडेपाटी

काठमाडौँ, असार २० गते ।

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतलनिवास पुगेका छन्।
शनिबार साँझ राष्ट्रिपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।

Sponsored

अहिले प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच भेटवार्ता भइरहेको र यो नियमित खालको भेटमात्रै भएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।

यस्तै प्रधानमन्त्री ओलीले केही मन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटारमा बोलाएका छन्। छलफलका लागि भन्दै प्रधानमन्त्री ओलीले आफूनिकट र केही पूर्वएमाले समूहका मन्त्रीहरुलाई बालुवाटार बोलाएका छन्।

पार्टी विभाजनको संघारमा पुगेका बेला प्रधानमन्त्री ओलीले दल विभाजनसम्बनधी अध्यादेश ल्याउनका लागि राष्ट्रपतिसँग छलफल गरेको हुनसक्ने अनुमान राजनीतिक वृत्तमा गरिएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *