नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै जनकपुरमा प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, असार २० गते ।
हिन्दु राष्ट्र कायम गर्न माग गर्दै नेपाल राष्ट्रवादी समूहले जनकपुरमा प्रदर्शन गरेका छन् । नेपालको राष्ट्रिय जझण्डा बोकेर जनकपुरको जनकचोकबाट संयौको संख्यामा निस्केको जुलुस नगरका विभिन्न भागमा प्रदर्शन गर्दै पुनः जनकचौकमै पुगेर कोणसभामा परिणत भएको थियो ।
हिन्दुराष्ट्र कायम गर, वैदेशिक हस्तक्षेप बन्द गर, भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लेखिएको प्लेकार्ड सहित राष्ट्रियसभाका पूर्व सदस्य कारी यादवको अगुवाईमा प्रदर्शन गरेको हो ।
देश नेताहरुको कारण नै बर्बाद भईरहेकोले लाखौं हिन्दुहरुको आस्थाको केन्द्र नेपालमा हिन्दू राष्ट्र कायम गर्नुको विकल्प नरहेको राष्ट्रियसभाका पूर्व सदस्य यादवले बताए । यादवका अनुसार देशलाई हिन्दू राष्ट्र घोषणा गर्नु अपरिहार्य रहेकोले आफूहरुले यो अभियान सञ्चालन गरेको बताए ।
नेपालमा परापूर्वकालदेखि नै वैदिक परम्परा र हिन्दू सभ्यताका आधारमा समाजको व्यवस्थापन भएको बताउँदै बहुसंख्यक हिन्दू धर्मावलम्बी भएको मुलुकमा धर्म निरपेक्ष कायम गर्न नहुने उनले जिकिर गरे ।
विरोध रयालीमा वीरेन्द्र कर्ण,प्रकाश राणालगायत धनुषाका बिभिन्न पालिकाबाट आएका नेताहरु समेतको सहभागिता रहेको थियो ।
Sponsored