TodayPati

जनकपुरमा बालिकालाई ‘बलात्कारपछि हत्या’ प्रकरणमा अघोरी बाबा पक्राउ

टुडेपाटी

जनकपुरधाम, असार १९ गते ।
जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत भेटिएकी बालिकाको बलात्कार पछि हत्या भनिएको घटनामा एकजना पक्राउ परेका छन् ।

११ वर्षीया कंचन पंजियारको हत्याको घटनामा ‘अघोरी बाबा’ भनिने एक जना भारतीय नागरिकलाई सोधपुछकालागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी करिब १ वर्षदेखि शव भेटेको स्थान नजिकै रहेको चिहानमा बस्दै आएका थिए ।

Sponsored

‘१ वर्ष पहिलेदेखि उनी त्यहाँ बस्दै आएका छन् । धेरै ड्रग्स लिएको देखेपछि यहाँका मानिसहरुले भगाइ दिएका थिए तर फेरी ४÷५ महिनादेखि उनी यहीँ बस्दै आएका छन्,’ स्थानीय राम बाबु साहले भने ।

उनका अनुसार अगहोरी बाबा गाँजा, रक्सी लगायतका मादक पदार्थ सेवन गरी हत्या भएकै ठाउँमा बसिरहेकाले उनले नै घटना घटाएको हुनसक्ने स्थानीयहरुको आशंका छ ।

कंचनको हत्या भएको ठाउँ वरपर दिनहुँ दर्जनौ नसा सेवनगर्नेहरुको घुँइचो लाग्ने गरेको स्थानीयहरुको भनाइ छ । त्यसैले अरु कसैले समेत उनको हत्या गरेको हुनसक्ने स्थानीयको अनुमान छ ।

Sponsored

बुधवार विहान करिब ११ बजे पाडापाडी चराउन हिँडेकी कंचनको शुक्रवार नग्न अवस्थामा शव फेला परेको छ । अहिले उनको शव पोष्टमार्टमकालागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

जनकपुरमा बलात्कार गरी बालिकाको हत्या, दुधमती नदिमा तीनदिनपछि भेटियो शव

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *