TodayPati

सप्तरीमा चट्याङले हजुरबुबाको मृत्यु, नातिनी घाइते

शुभ नारायण यादव-

सप्तरी, असार १८ गते ।

बिहिवार वर्षासँगै परेको चट्याङले सप्तरीको डाकनेश्वरी नगरपालिकामा एक वृद्धको मृत्यु भएको छ भने अर्का एक बालिका घाइते भएकी छन् ।

Sponsored

खेतमा हलो जोत्न गएका डाकनेश्वरी नगरपालिका ८ गम्हरिया प्रवाहाका ७० वर्षीय धर्मी साहको घटनास्थलमै मृत्यु भएको प्रदेश २ प्रहरी कार्यालय जनकपुरधाम प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए ।

मिश्रका अनुसार खेतमा हलो जोत्न गएका साहको चट्याङ लागेर मृत्यु भएको हो ।
खेत जोतिरहेका बेला पानीसँगै बिजुली चम्किन थालेपछि साह रुख मुनी ओत लागेका थिए । रुखमा ओत लागेर बसेका साहको चट्याङले लागेर मृत्यु भएको उनका छोरा तेजनारायण साहले बताए । हजुरबुवासँगै खेत गएकी १६ वर्षीया कञ्चनाकुमारी साहलाई समेत करेण्टको झट्का लागेको छ । चट्याङले ढलेका हजुरबुवालाई उठाउन खोज्दा उनलाई समेत करेण्टको झटका लागेको कञ्चनाले बताइन् ।

कञ्चनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । यता घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीको टोलीले पोष्टमार्टमका लागि शवलाई राजविराजमा राखिएको बताएका छन् ।

Sponsored

यसअघि आजै चट्याङ लागेर बारामा ४ जना महिला र सर्लाही एकजनाको मृत्यु भएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *