TodayPati

सप्तरीमा भैंसी चराउन गएका युवक निर्घात कुटिए

शुभ नारायण यादव-
सप्तरी, असार १६ गते ।

सप्तरीको राजविराज नगरपालिका नगरपालिका१५ देउरी भरुवामा जग्गा सम्बन्धि पुरानो रिसिविसीका कारण एक युवकलाई निर्घात कुटपिट गरेका छन् । स्थानीय स्वर्गीय बद्री यादवका छोरा मनिराज यादव, उमेश यादव र श्याम कुमार यादव सहित मिलेर बिना कारण जग्गा सम्बन्धि पुरानो रिसिभिका कारणले स्थानी १८ वर्षीय राजु यादवलाई निर्घात रूपमा कुटपिट गरेका हुन् ।

घरबाट भैंसी चराउन घर नजिकैको खाडो नदी तिर गएको बेला अचानक कुटपिट गरेको पिडितले युवकले बताएका छन् । उनीहरू मिलेर बिना कारण भैंसी चराउन गएको बेला बासको भट्टा सहितका घरायसी हतियारले कुटपिट गरेको पीडित परिवारजनको आरोप छ ।

Sponsored

कुटपिटबाट घाइते युवकको हाल राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यसैबीच पीडितले कुटपिट गर्नेमाथि युवकमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा उज्यालो समेत दिएका छन् ।

त्यसैगरी कुटपिट गर्नेहरु फरार रहेको तथा उनीहरू खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *