TodayPati

बर्दिवासमा सर्पको टोकाइबाट चार वर्षीया बालिकाको मृत्यु

टुडेपाटी-

महोत्तरी, असार १३ गते ।

महोत्तरीको बर्दिबासमा विषालु सर्पको टोकाइबाट एक बालिकाको ज्यान गएको छ ।

Sponsored

बर्दिबास नगरपालिका ३ कालापानीका सन्तोष खत्रीकी चार वर्षीया छोरीको शुक्रबार साँझ विषालु सर्पको टोकाइबाट मृत्यु भएको वडाध्यक्ष राजन ढुंगानाले जानकारी दिए ।

उनलाई बर्दिबास ३ गौरिडाडामा सर्पले टोकेको आफन्तले बताएका छन् ।

बर्दिबास ३ गौरीडाँडामा स्थानीयको सहभागितामा सर्पदंश उपचार केन्द्र सञ्चालन गरिएको भए पनि उपचार प्रभावकारी नहुँदा वर्षेनी धेरै सर्पदंशका बिरामीले अकालमै ज्यान गुमाउँदै आएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *