पर्सामा गर्मी छल्न पंखा जोड्दा एकजनाको करेन्ट लागेर मृत्यु
टुडेपाटी-
पर्सा, जेठ २७ गते ।
पर्सामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेल छन् ।
सोमबार राति गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्रकुमार सिंहले जानकारी दिए ।
शवलाई परीक्षणका लागि वीरगञ्जको नारायणी अस्पतालमा पठाइएको छ ।