लकडाउनमा भोकभोकै बस्ने राहत पाउँदा खुसी
टुडेपाटी-
सप्तरी, जेठ २७ गते ।
लकडाउन भएको अढाई महिनापछि सप्तरीको छिन्नमस्ता गाउपालिकाका स्थानियबासिहरुले राहत पाउँदा खुशि ब्यक्त गरेका छन् । छिन्नमस्ता गाउपालिकामा लकडाउन भएको लामो समयदेखि राहत नपाउदा गरिब ,निमुखा तथा विपन्न परिवारहरु भोक भोके रहेको थियो । तर अहिले गाउपालिकाको विभिन्न वडामा राहत वितरण शुरु भएपछि त्यहाका गरिब ,निमुखा जनताहरुले राहत स्वरुप विभिन्न सामग्रीहरु पाएकोमा खुशि ब्यक्त गरेका हुन् ।
छिन्नमस्ता गाउपालिका ५ लोखरमका दिनेश सदाले यो लकडाउनको अवधिमा आफुहरुको कामकाज बन्द भए पछि खान नपाएर भोके पेट बस्नु परेको अवस्थामा राहत स्वरुप २५ किलो चामल ,दाल ,तेल ,नुन ,साबुन ,बाल्टिन लगायतका सामग्रीहरु पाएपछि खसी ब्यक्त गरेका छन् ।
उनी जस्ते त्यहाका अधिकाश गरिब ,दलित ,विपन्न तथा निम्न स्तरका ब्यक्तिहरुले राहत पाएकोमा यस्ते खुशि ब्यक्त छन् । सो वडाका झण्डै १ हजार ७५ घर परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेको वडाअध्यक्ष शिव शङकर पण्डितले जानकारी दिनुभयो । उहाका अनुसार यसअघि प्रदेश सरकारले उपलब्ध गराएको राहतका विभिन्न सामग्रीहरु त्यहाका गरिब ,दलित र डोम समुदायलाई वितरण गरेको वडाअध्यक्ष पण्डितले जानकारी दिनुभयो ।
यसैगरी सोहि गाउपालिकाको वडा न।१ बरहि बिरपुरका झण्डे १ हजार ७० परिवारलाई राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेको वडाअध्यक्ष बिनोद कुमार यादवले बताउनुभयो । त्यस्तै ठिलो भए पनि सहज तरिकाबाट छिन्नमस्ता गाउपालिकाको अन्य विभिन्न वडाहरुमा त्यहाका गरिब ,विपन्न तथा निम्न स्तरका ब्यक्तिहरुलाइ राहत स्वरुप विभिन्न सामग्रीहरु वितरण गरेकोमा सवृसाधारणहरुमा खुशि छाएको छ ।
Sponsored