TodayPati

महोत्तरीमा श्वास फेर्ने समस्याबाट एक गर्भवतीको मृत्यु

रासस-
महोत्तरी, जेठ १९ गते ।

महोत्तरीको एकडारा गाउँपालिकामा श्वास फेर्ने समस्याबाट आज एक गर्भवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकडारा गाउँपालिका– २ बस्ने श्याम यादवकी पत्नी ४० वर्षीया रीतादेवी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Sponsored

आफ्नै घरमा बस्दै आएकी ती महिलालाई अचानक श्वास फेर्नमा समस्या हुँदा उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउँदै गर्दा बाटामै मृत्यु भएको हो। महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ । रासस

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *