गण्डक अस्पतालबाट थप चारजना कोरोना संक्रमित डिस्चार्ज
टुडेपाटी-
वीरगञ्ज, जेठ १५ गते ।
वीरगञ्जस्थित कोरोना विशेष अस्पतालको रुपमा रहेको गण्डक अस्पतालबाट बुधबार राति थप चारजना कोरोना जितेर घर फिर्ता भएका छन् ।
चारजनामा लगातार दुईपटकको परीक्षण नेगेटिभए आएपछि डिस्चार्ज गरिएको अस्पतालका डा उदयनारायण सिंहले जानकारी दिए ।
उनीहरु चारैजना १२ दिनमै कोरोना भाइरसलाई जितेर घर फर्केका उनले बताए ।
डिस्चार्ज भएका सबैजना वीरगञ्ज महानगरपालिका ३ छपकैयाका बासिन्दा हुन् । अब कोभिड–१९ विशेष अस्पतालमा पाँचजना मात्रै संक्रमितहरु छन् ।
अहिलेसम्म वीरगञ्जको नारायणी र गण्डक अस्पतालमा भर्ना भएका १ सय २ जना मध्ये ९७ जना निको भइ घर फर्किसकेका छन् ।
Sponsored