जनकपुरबाट भागेका कोरोना संक्रमित पुरुष : जथाभावी दिशा–पिसाबदेखि तोडफोडसम्म
टुडेपाटी-
जनकपुरधाम, जेठ ११ गते ।
जनकपुरस्थित आइशोलेसन वार्डबाट फरार भएका कोरोना संक्रमित व्यक्ति लगातार अनियन्त्रित व्यवहार गर्दै आएको खुलेको छ ।
मानसिक सन्तुलन गुमाएका सर्लाहीको दक्षिण–पूर्वी क्षेत्र स्थित हरिपूर्वा नगरपालिका–३, धनकौल गाउँका ४५ वर्षीय कोरोना संक्रमित पुरुष पटक पटक भाग्ने प्रयास गर्दा छुटै कक्षमा राखिएको थियो ।
संक्रमण पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरकै अधीनमा रहेको जनकपुर नर्सिङ कलेजमा निर्माण गरिएको कोरोना विशेष अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।
सुरुमा ती पुरुषलाई ६ वटा बेड भएको कोठमा राखिएको थियो। तर उनले त्यहाँ धेरै बर्बाराउनले, फर्निचर तोडफोड गर्ने जस्ता गविधि गरेका थिए।
भर्ना भएको तीनदिनपछि पीसीआर परिक्षण गर्ने क्रममा उनी भागेपछि प्रहरीले खोजेर उनलाई छुट्टै दुईवटा बेड भएको आइसोलेसन कोठमा राखिएको थियो।
Sponsored
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट तथा कोरोना विशेष अस्पतालका प्रमुख डा. जामुदप्रसाद सिंहका अनुसार त्यस कोठमामा नभागोस् भनेर बाहिरबाट ताल्चा लगाउने व्यवस्था गरिएको थियो।
तर, ती संक्रमित पुरुष त्यस कोठमा पनि धेरै होहल्ला गर्ने, झ्याल ढोका, बेड तोडफोड गर्ने, जथाभावी दिशा–पिसाब गर्ने गतिविधि गरिरहेका थिए।
ती पुरुषलाई दिशापिसाब गराउनका लागि दुई तीनपटक उनी भबस्ने ढोकालाई खोल्ने र बन्द गर्ने काम गरिएको थियो । ती पुरुषको ताण्डवले त्यहाँ भर्ना भएका धनुषा, महोत्तरी र सर्लाहीका तीन दर्जन संक्रमितलाई निकै असहज बनाएको त्यहाँ उपचारार्थ एक संक्रमितले बताए ।
‘उनी आएकै बेलादेखि होहल्ला, तोडफोड, जथाभावी दिशा–पिसाब गर्दै आएका छन्। हामीलाई निकै असहज बनाएको छ। राति ३ बजेपछि कहाँ कसरी भाग्यो भन्ने थाहा भएन’ त्यहाँ उपचारार्थ एक संक्रमित बिरामीले भने।
फरार ती संक्रमितले उनी भर्ना भएका कोठामा झ्याल, ढोका जस्ता फर्निचर तोडफोड तथा दिशा–पिसाब गरेर हेर्नै नसक्ने बनाइ दिएको प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादवले बताए।
यसअघि पनि ती बिरामी भागेको र पछि प्रहरीले खोजबिन गरी अस्पतालमा ल्याएको बताउँदै मेसु यादवले भने, ‘ती संक्रमित फेरि कहाँ, कसरी भागे भन्ने विषयमा प्रहरीले अनुसन्धान र खोजविन गरिरहेको छ।’
अस्पताल स्रोतका अनुसार संक्रमित अन्य बिरामीहरुलाई ती व्यक्तिले जथाभावी दिशा–पिसाव र तोडफोड गरी बस्नै नसक्ने बनाएकाले तिनीहरु नै मिलेर भगाएको हुन सक्ने बताएको छ।