TodayPati

महोत्तरीका एक वडाध्यक्ष मृत फेला, छेउमा दुर्घटनाग्रस्त मोटरसाइकल

टुडेपाटी-
जनकपुरधाम, भदौ ९ गते ।

महोत्तरीका एक वडाध्यक्ष मृत अवस्थामा फेला परेका छन् । रामगोपालपुर नगरपालिका वडा नं. २ का वडाध्यक्ष मुकेश कुमार यादवको शव आज बिहान बर्दिबास नगरपालिका ८ स्थित कल्भर्ट नजिकै फेला परेको हो ।

महोत्तरी प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारका अनुसार यादवको शव जलेश्वर–बर्दिबास सडकखण्डको कल्भर्ट नजिकै फेला परेको हो ।

Sponsored

छेउमा लु.प्रदेश ०१–००१ प ६३६२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । प्रारम्भिक अनुसन्धानले मोटरसाइकल कल्भर्टमा ठोक्किएर दुर्घटना भएको हुन सक्ने प्रहरीको आशंका छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले अनुसन्धान गरिरहेको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *