TodayPati

जनकपुरको सुनचाँदी पसलमा लाखौँको गरगहना चोरी, पसलमा यसरी पसे चोर

टुडेपाटी-
जनकपुरधाम, जेठ ३ गते ।

लकडाउनको मौका छोपेर जनकपुरको एक सुनचाँदी पसलमा चोरी भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित श्याम साहले सञ्चालन गरेको महावीर ज्वेलर्सबाट लाखौ मूल्य बराबरको गरगहना तथा रुपैँया पैसा चोरी भएको हो ।

Sponsored

छतको भेन्टिलेसन फोडेर गरगहना र पसलमा रहेको नगद चोरी भएको प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो छतको भेन्टिलेटर फुटेको देखेपछि पसल संचालक साहले प्रहरीलाई खबर गरेका थिए ।

सानो आकारको भेन्टिलेसनमा बच्चा मात्रै प्रवेश गर्नसक्ने देखिएकाले बच्चाको प्रयोग गरेर चोरी गरिएको आशंका गरिएको छ ।

Sponsored

प्रहरीले घटनास्थल पुगेर मुचुल्का उठाइसकेका छन् । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *