TodayPati

धनुषामा नगरपालिकाको लेटर प्याड किर्ते गरेको आरोपमा विद्यालय संचालक र प्यावसनका नेता पक्राउ


टुडेपाटी

जनकपुरधाम, साउन १९ गते ।

धनुषाको सबैला नगरपालिकाको लेटर प्याड किर्ते गरि आई.ई एम.आई.एस.भरेर विद्यालयको सूचना पठाउने गरेको आरोपमा दुईजना पक्राउ परेकाछन् ।

Sponsored

पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका ४ प्रसाही टोलमा संचालित युनाइटेड इन्टरनेसनल एकेडेमी इङलिस बोर्डिङ स्कुलका संचालक सत्रुधन कापर र क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बरपुरका खुसीलाल महतो छन् ।

हाल सबैलामा बस्ने महतो सबैला नगरपालिका प्यापसनको अध्यक्ष छन् । पक्राउ परेकाहरुमाथि अनुसंधान गरिरहेको ईलाका प्रहरी कार्यलय सबैलाका प्रहरी निरीक्षक राम कृष्ण देवकोटाले जानकारी दिए ।

अनुसंधानकै क्रममा धनुषाधाम स्थित रहेको एक कम्प्युटर सेन्टरका संचालक समेतलाई पक्राउ गरि अनुसंधान गरिरहेको प्रहरी निरीक्षक देवकोटाले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *