मधेश प्रदेश : स्रोत नखुलेको १५ लाख रुपैयाँसहित एक जना पक्राउ
टुडेपाटी–
बारा, जेठ ३१ गते ।
स्रोत नखुलेको १५ लाख रुपैयाँसहित बारामा एक जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरीले विश्रामपुर गाउँपालिका १, खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित जेठ ३० गते एक जनालाई पक्राउ गरेको छ ।
भारतबाट बीआर ०५ वाई २६२४ नम्बरको मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका भारतको पूर्वी चम्पारणका रामनिवास प्रसाद यादवलाई बीओपी बरैनियाले नियन्त्रणमा लिएको हो ।
यादवलाई बरामद रुपैयाँ र मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय, बारामा बुझाइएको छ ।
Sponsored