जनकपुरमा अत्याधुनिक मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा
टुडेपाटी-
जनकपुरधाम, जेठ ३१ गते ।
जनकपुरधाममा अत्याधुनिक मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा आएको छ । प्याथोलोजी क्षेत्रमा विगत २७ वर्षदेखि देशको विभिन्न स्थानमा सेवा दिँदै आएका डा. अमरनाथ ठाकुरले मंगलम् डाइगोनेष्टिक ल्याब संचालनमा ल्याएका हुन् ।
जनकपुरको हस्पिटल रोडमा संचालनमा ल्याएको उक्त ल्याबको बुधबार एक समारोहबीच जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले उदघाटन गरेका हुन् ।
जलेश्वर घर भएका डा. ठाकुले आफ्नो जन्मभूमिमा जनसेवाको उद्देश्यले आधुनिक ल्याब संचालन गरेको बताए । उनले जनकपुरमा न्युनतम शुल्कमा गुणस्तरीय सेम्बल जाँच गरिने बताए । तीन करोड रुपैयाँको लागतमा डाइगोनेष्टिक सेन्टर स्थापना गरेको उनको भनाइ छ ।