मधेश प्रदेश : ४ जना बालकको भारतबाट उद्धार
टुडेपाटी–
रौतहट, जेठ ३१ गते ।
रौतहटको एक गैरसरकारी संस्थाले बाल श्रमिकका रूपमा भारत कार्यरत तीन जनालाई उद्धार गरी आफन्तलाई जिम्मा लगाएको छ । यस्तै ताप्लेजुङका अर्का एक बालकको पनि उद्धार भएको छ ।
मुम्बईको एक ब्याग उद्योगमा कार्यरत ३ जना बाल श्रमिकलाई सामुदायिक विकास तथा सचेतना नेपालको पहलमा उद्धार गरिएको हो ।
उद्धार गरिएका नाबालकहरूलाई मङ्गलवार परिवारलाई जिम्मा लगाइएको सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलीप कोइरालाले बताए ।
उद्धार भएका बालकहरूमा राजपुर नगरपालिकाका एक जना, वृन्दावन नगरपालिकाका १ जना र यमुनामाई गाउँपालिकाका १ जना रहेका छन् ।
उक्त संस्थाको पहलमा गत साउन यता २३ जना बालश्रमिकहरुको भारतबाट उद्धार गरिएको कोइरालाले जानकारी दिएका छन् ।
Sponsored
यसैबीच ताप्लेजुङ गौरादह नगरपालिका ५ का बुद्धिमान तामाङलाई पनि भारतबाट उद्धार गरी परिवारको जिम्मा लगाइएको छ।
कामको सिलसिलामा भारत गई हराइरहेकोमा बिहारबाट उद्धार गरेर आफन्तको जिम्मा लगाइएको हो ।