TodayPati

बटेश्वर गाउँपालिकामा फिडाको सहयोगमा दोस्रो चरणको राहत वितरण सुरु

नितेश यादव-
बटेश्वर, वैशाख २४ गते ।
धनुषाको बटेश्वर गाउँपालिकामा दोस्रो चरणको राहत वितरण सुरु भएको छ । फिडा इन्टरनेशनलको आर्थिक सहयोग, आफन्त नेपालको संयोजन र गाउँपालिकाको सहकार्यमा राहत स्वरुप खाद्यन्न वितरण सुरु भएको हो ।

प्रदेशसभा सदस्य शत्रुधन महतोको प्रमुख आतिथ्यमा वडा नम्बर ३ बाट बुधबारदेखि सुरु भएको छ । खाद्यन्न वितरणमा गाउँपालिकाका २५ सय विपन्न परिवारलाई राहत वितरण गरिने गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जानकारी दिए ।

१० किलो चामल, दाल १ किलो, नुन १ किलो, आधा लिटर खाने तेल र एउटा साबुन वितरण थालिएको सहयोगी संस्था आफन्त नेपाल धनुषाका उपाध्यक्ष प्रदीप यादवले बताए । राहत वितरणकालागि फिडाले १७ लाख र गाउँपालिकाले ५ लख रुपैँया सहयोग गरेको हो । गाउँपालिका अध्यक्ष डम्बरबहादुर राउत, उपाध्यक्ष प्रमिला देवी महतो र वडा नम्बर ३ का अध्यक्ष हिरालाल महतो लागायत आफन्त नेपाल धनुषाका अधिकारीहरुको सहभागी थिए ।

Sponsored

यसअघि पहिलो चरणमा प्रदेश २ सरकारले दिएको १० लाख रुपैँयाबाट गाउँपालिकाले १ हजार ७ सय विपन्न घरपरिवारलाई वितरण गरेको थियो । तर केही विपन्न परिवार राहतबाट वञ्चित भएको गुनासोपछि गाउँपालिकाले थप ८ सय परिवारलाई राहत वितरण गर्न लागेको गाउँपालिका अध्यक्ष राउतले बताए ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *