मलेठका शहिद परिवारलाई जसपाको राहत
शुभ नारायण यादव-
सप्तरी, वैशाख २४ गते ।
सप्तरीको मलेठ घटनाका शहिद परिवारलाई जनता समाजवादी पार्टीले राहत वितरण गरेका छन् । कोरोना भाइरसका कारणले सरकारले गरेको लकडाउनका समस्यामा परेका शहिद परिवारलाई राहतमा खाद्यान्न सामाग्री वितरण गरेका हुन् ।
राहतमा सप्तरीको राजविराज नगरपालिका ९ मलेठका शहिद परिवारहरु पिताम्बर मण्डल, सन्जन मेहताकी आमा र बिरेन्द मेहतालार्इ राहत स्वरुप २० किलो चामल, दाल, साबुन, मास्क, खानेतेल, नुन लगायतका खाद्यान्न सामाग्री वितरण गरेको जनता समाजवादी पार्टीका सह महासचिव गजेन्द्र मण्डलले जानकारी दिए ।
त्यस्तै, राजविराज नगरपालिका ९ का वडाअध्यक्ष शम्भु यादव लालिले सहिद परिवारलाई तरकारी किन्न ५ सय नगद प्रत्येक परिवारलाई समेत वितरण गरेका छन् । यसअघि पनि जनता समाजवादी पार्टीका सह महासचिव गजेन्द्र कु मंडलको सहयोग र राष्ट्रिय सामुदायिक विकास केन्द्र नेपाल राजबिराज सप्तरीको सहकार्यमा राजगढ गाउँपालिकाका, राजविराज नगरपालिकाका गरिब, अति विपन्न परिवारलाई राहतका सामानहरू वितरण गरेको जनता समाजवादी पार्टी सप्तरलिे जनाएको छ ।