मधेश प्रदेश : स्रोत नखुलेको भारतीय रुपैयाँसहित एकजना पक्राउ
टुडेपाटी–
पर्सा, बैशाख १९ गते ।
स्रोत नखुलेको भारतीय रुपैयाँसहित पर्सामा एकजना भारतीय नागरिक पक्राउ परेका छन् ।
वीरगंज महागरपालिका १६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ३ लाख ७५ हजार ८ सय भारतीय रुपैयाँसहित ३९ वर्षीय अमित कुमार सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले भारतको रक्सौलतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा २ हजार दरका २१ थान, ५ सय दरका ६ सय ४४ थान, २ सय दरका ३३ थान र १ सय दरका ४५ थान र ५० थानका १४ थान नोटसहित फेला पारी पक्राउ गरेको थियो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएका छन् ।
Sponsored