TodayPati

मधेश प्रदेश : १४ वर्षीया किशोरी बलात्कृत, आरोपी फरार

टुडेपाटी–
सिरहा, बैशाख १९ गते ।

सिरहामा १४ वर्षीया किशोरीमाथि बलात्कार भएको छ।

किशोरीलाई बलात्कार गरेको आरोप लागेका युवक भने फरार भएको प्रहरीले जनाएको छ।

Sponsored

सुखिपुर नगरपालिकाका ३५ वर्षीय रियाज अन्सारीले केही दिनअघि स्थानीय १४ वर्षीया किशोरीलाई बलात्कार गरेका हुन्।

किशोरीका अभिभावकले अन्सारीलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन्।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्रराज पाण्डेका अनुसार केही दिनअघि उनले किशोरीलाई ललाइफकाइ बलात्कार गरेका भन्दै पीडित पक्षबाट उजुरी परेको हो ।

Sponsored

घटना सार्वजनिक भएपछि आरोपी अन्सारी फरार छन्।

फरार आरोपीको खोजी भइरहेको तथा घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *