जनकपुरबाट शौचालयको भेन्टिलेसन फोडेर फरार कैदी पक्राउ
टुडेपाटी-
जनकपुरधाम, बैशाख १९ गते ।
जनकपुरधामबाट फरार भएका जलेश्वर कारागारका कैदी पक्राउ परेका छन् । पक्राउ पर्नेमा फरार कैदी महोत्तरी लोहारपट्टी नगरपालिका ९ का २१ वर्षीय कृष्णा यादव छन् ।
उनलाई गत चैत २४ गते जनकपुर उपचारका लागि ल्याएका बेला डा. मनोज गुप्ताको क्लिनिकको शौचालयको भेन्टिलेशन फोडर फरार भएका थिए ।
उनलाई खोज तलास गर्ने क्रममा सोमबार राति १० बजे जलेश्वर नगरपालिका ३ स्थित मलिबारामा लुकीछिपी हिडदै गरेको अबस्थामा पक्राउ गरेको महोत्तरीका प्रहरी प्रवक्ता दिलीपकुमा गिरीले जानकारी दिए ।
पक्राउ परेका यादवमाथि कैदी बन्दी भागे भगाएको कसुरमा कारागार ऐन २०७९ बमोजिम म्याद थप गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
Sponsored