मधेश प्रदेश : लागूऔषधसहित एक युवक प्रहरीको फन्दामा
टुडेपाटी–
सर्लाही, बैशाख १७ गते ।
सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेका छन् ।
शनिबार राति सीमापारी भारतबाट प्रतिवन्धित लागूऔषध लिएर आउँदै गर्दा लालबन्दी नगरपालिका–११ हीरापुर बस्ने २९ वर्षीय कृष्णकुमार महतोलाई पक्राउ गरिएको हो ।
महतोलाई मलंगवा ९, स्थित राजदेवी मन्दिर क्षेत्रबाट प्रहरी चेकिङ टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
महतोको साथबाट कोडिवेल १५८ बोतल, स्पास्मो प्रोक्सीभन प्लस ०२१ एस ट्याब्लेट २४ पत्तामा ५७६ पिस र उनले चलाइ ल्याएको ना ५३ प ९७९८ नम्वरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
Sponsored