TodayPati

मधेश प्रदेश : डेरी, कृषि तथा औजार प्रदर्शनी हुने

टुडेपाटी–
सर्लाही, बैशाख ९ गते ।

मधेश प्रदेशमा कृषिमा यान्त्रीकरणको वृद्धि, दुग्धजन्य एवं कृषि उत्पादनमा नविनतम प्रविधि’ भन्ने मुल नाराका साथ डेरी, कृषि उत्पादन तथा कृषि औजार प्रदर्शनी हुने भएको छ ।

सर्लाहीको हरिवन नगरपालिका र प्रदेश दुग्ध विकास बोर्ड मधेश प्रदेशको संयुक्त आयोजनामा प्रदर्शनी हुने बोर्डले जनाएको छ ।

Sponsored

वैशाख १२ गतेदेखि सुरु हुने प्रदर्शनीमा डेरीका मेसिन तथा उत्पादनका साथै कृषिजन्य वस्तुत र विभिन्न कृषि औजारहरुको प्रदर्शन गरिने बोर्डका पशु विकास अधिकृत उपेन्द्रकुमार सिंहले जानकारी दिए ।

प्रदर्शनीमा विभिन्न १५० वटा स्टल राखिने छ । वैशाख १४ गतेसम्म चल्ने प्रदर्शनमा डेरी, कृषि तथा मेसनरीको विषयमा विभिन्न अन्तरक्रिया कार्यक्रमको पनि आयोजना गरिने छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *