TodayPati

मधेश प्रदेश : नक्कली नोटसहित एकजना पक्राउ

टुडेपाटी–
सर्लाही, चैत २४ गते ।

सर्लाहीमा नक्कली नोटसहित एकजना पक्राउ परेका छन् ।

प्रहरीले १ हजार नोटको २ लाख ६८ हजार नक्कली नोटसहित बरहथवा नगरपालिका–१७ कटानीबाट एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो । उनको साथबाट नक्कली नोटसहित नोट बनाउने कागजातसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

Sponsored

अन्य केही व्यक्ति फरार भएकाले पक्राउ परेकाको बारेमा खुलाउन नसकिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रको नेतृत्वमा खटिएको प्रहरी टोलीले २४ बण्डल नोट आकारका कागजसहित बीआर ३० एम ३८२५ र बीआर ३० ए ५९६८ नम्बरको भारतीय प्लेटको मोटरसाइकलसमेत बरामद गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *