TodayPati

मधेश प्रदेश : आगलागीमा जलेर बालिकाको मृत्यु

टुडेपाटी–
रौतहट, चैत १५ गते ।

रौतहटमा दुईवटा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

रौतहटको इशनाथ नगरपालिका– ६ जयनगर टोलमा मंगलबार राति दुई घरमा आगलागी हुँदा मजिबुर रहमानको सुतिरहकी १२ वर्षीया छोरी राजिया खातुनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

Sponsored

राति झन्डै १० बजेको समयमा शेख इसरातको गोठबाट आगलागी सुरु भएको थियो ।

रजियासँगै सुतिरहेकी १० वर्षीया सजिया खातुनको दुवै हात, अनुहार जलेर गम्भीर घाइते भएकी छन् ।

उनको स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि थप उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

Sponsored

घटनालगत्तै सशस्त्र प्रहरी बेस क्याम्प रामपुर खाप, प्रहरीचौकी जयनगरबाट सुरक्षाकर्मीको टोली पुगेर आगो नियन्त्रणमा लिएको थियो ।

आगलागीको कारणबारे आवश्यक अनुसन्धान भइरहेको एसपी वीरबहादुर बुढा मगरले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *