TodayPati

सिरहामा झुन्डिएको अवस्थामा एक युवकको शव फेला

टुडेपाटी-

सिरहा, वैशाख २० गते ।

सिरहामा झुन्डिएको अवस्थामा एक युवकको शव फेला परेको छ । शनिबार सिरहाको विष्णुपुर गाउँपालिका–४ थल्हाकटहा बस्ने अन्दाजी २१ वर्षीय सन्तोषकुमार यादवको शव फेला परेको सिरहा प्रहरीले जनाएको छ ।

Sponsored

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विनोद घिमिरेका अनुसार घटना भएको सूचना पाएपछि प्रहरी टोलीले सन्तोषलाई मृत अवस्थामा झुण्डिरहेको देखिएको थियोे ।

व्यक्तिगत रिसीबिका कारण हत्या गरिएको हुनसक्ने पीडित परिवारलाई उद्त गर्दै डीएसपी घिमिरेले बताए । घटना रहस्मय बन्दै गएपछि थप परिक्षण गर्न शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *