TodayPati

बटेश्वर गापा उपाध्यक्ष दोहोरो सुविधामा रमाउँदै, गरिब छाना र खानाकालागि कराउँदै

टुडेपाटी-
जनकपुरधाम, वैशाख २१ गते ।

गत वैशाख १२ गते हावाहुरी र वर्षासँगै परेको असिनाले बटेश्वर गाउँपालिका–१ चित्रपुरका अधिकांस घरको छाना फुटेको छ । करिब ५ सय ग्रामसम्मको असिनाले गाउँका हरेक घरको खपडा फुटेको छ ।

लकडाउनमा काम नपाएर ज्याला मजदुरी गरेर गुजारा गर्ने परिवार समस्यामै परेकोबेला असिनापानीले गरिब परिवारको झन विचल्ली भएको छ ।
दैनिकी चलाउन उनीहरुको घरमा न खानेकुरा छ न ओत लाग्न घर नै । खाद्यन्न सकिन्नै लागिपछि ज्यान जोगाउन गरिब परिवार कामको खोजीमा भौतारिँदै छन् ।

Sponsored

घरी घरी आउने वर्षाले घरमा पानी पसेपछि कतिपय विपन्न परिवार भिजेरै बस्न बाध्य छन् भने केहीले छिमेकीको घर पुगेर रात काट्न बाध्य छन् । तर पछिल्लो निर्वाचनमा मत दिएर जिताएका छेउमै घर रहेका गाउँपालिकाकी उपप्रमुख प्रमिलादेवी महतोले गरिब परिवार कसरी बाँचिरहेका छन् भन्ने सोधखोजी समेत नगरेकाले मन झनै दुखेको स्थानीयहरुको गुनासो छ ।

उपप्रमुख महतोले कानुन विपरित झन दोहोरो सेवासुविधा लिँदै ब्रह्मलुट मच्चाएको रहस्य समेत खुलेको छ । स्थानीय तहमा निर्वाचित हुनुपुर्व नै स्वास्थय स्वंयमसेविकाको जिम्मेवारीमा रहेकी उनी निर्वाचित भएपश्चात समेत सो पद छोडेकी छैनन् ।

जबकी कानुनी प्रावधान अनुसार राज्यबाट दोहोरो सेवा सुविधा लिन पाइँदैन् ।
करिब अढाई वर्षदेखि उपप्रमुख महतोले कानुन विपरित स्वास्थ्य स्वंयम सेविकाको प्रति महिना ७ सय रुपैँयाका दरले भत्ता बुझ्दै आएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले जानकारी दिए ।

Sponsored

उपप्रमुख महतोले दोहोरो सेवासुविधा लिन सुरुगरेदेखि नै गाउँपालिकाका केही वडाध्यक्ष विरोध गर्दै आएका छन् । तैपनि स्वंमसेविका पदबाट राजीनामा दिन नमानेको वडाध्यक्ष शैलेन्द्र महतोले गुनासो गरे ।
उनी निर्वाचित भएको नेपाल कम्युनिष्ट पार्टीबाटै निर्वाचित गाउँपालिका अध्यक्ष राउतले समेत एक वर्षदेखि पटक पटक एकपदबाट राजीनामा दिन आग्रह गर्दा समेत नटेरेको गुनासो पोखे ।

‘वहाँ न्यायिक समितीको संयोजक भएर आफ्नै बारेमा न्याय नदिने अनि जनतालाई न्याय दिन्छु भनेर हुन्छ,’ उनले भने, ‘वडाध्यक्षकै अगाडी एकवर्षअघि छोड दिन्छु भनेकी थिइन् तर छोड्न मानिराखेकी छैनन् । तु तु मुमु गरेर धेरै दबाब दिन पनि सुहाउँदैन् ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *