TodayPati

बालिका बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।

धनुषाको एक विद्यालयमा बालिका बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्ने शिक्षक ३५ वर्षीय शिक्षक दीपेन्द्र यादव छन् ।

उनीमाथि सबैला नगरपालिका–३ स्थित सनराइज बोर्डिङ्ग स्कुलको कक्षा २ मा अध्ययनरत ११ वर्षीया छात्रालाई शौचालयमा थुनेर जबर्जस्ती करणी गरेको आरोप छ ।

Sponsored

उनलाई सिरहाको बन्दीपुरबाट पक्राउ गरि अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक रामकृष्ण देवकोटाले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *