TodayPati

सरकारी स्वामित्वको डीडीसीले बढायो दही, पनिर, चिज र आइसक्रिमको मूल्य

टुडेपाटी–
काठमाडौँ, चैत १० गते ।

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी)ले दही, पनिर, चिज आइसक्रिम लगायतको मूल्य बढाएको छ ।

चैत २ गतेदेखि लागू हुनेगरी दूधको मूल्य बढाएको डीडीसीले दुग्धजन्य अन्य परिकारको मूल्य पनि बढाएको हो ।

Sponsored

डीडीसीका महाप्रवन्धक सन्जिव झाले दूधको खरिद मूल्य प्रतिलिटर १६ प्रतिशतसम्म बढेपछि त्यसकै अनुपातमा दही, पनिर, चिज लगायतको मूल्य पनि समायोजन गरेको बताए ।

कम्पनीका अनुसार आधा लिटरको प्याकेट दहीको मूल्य १० रुपैयाँ बढेर ८५ रुपैयाँ कायम भएको छ । त्यस्तै डब्बाको दही प्रतिलिटर २० रुपैयाँ बढाएर १९० पुर्‍याइएको छ ।

यस्तै, आधा केजी पनिरको मूल्य प्रतिप्याकेट ७० रुपैयाँ बढेर ५ सय पुगेको छ ।

Sponsored

कन्चन चिजको मूल्य प्रतिकेजी १ हजार ६ सय, याक चिजको मूल्य प्रतिकेजी १ हजार ८ सय ८० रुपैयाँ पुर्‍याइएको छ ।

कम्पनीले आइसक्रिमको मूल्य ६५ रुपैयाँ बढाएर प्रतिबट्टा ४५५ तोकेको छ ।

घिउको मूल्य भने यथावत राखिएको कम्पनीले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *