TodayPati

जनकपुरधामको जनसंख्या २ लाख नजिक

टुडेपाटी–
जनकपुरधाम, चैत १० गते ।

जनकपुरधामको जनसंख्या दुईलाख नजिक पुगेको छ ।

राष्ट्रिय जनगणना २०७८ को विस्तृत परिणाम अनुसार जनकपुरधाम उपमहानगरको कुल जनसंख्या १ लाख ९४ हजार ५५६ पुगेको छ ।

Sponsored

देशमा पुरुषको तुल्नामा महिलाको संख्या बढी भएपनि जनकपुरधाममा पुरुषको संख्या बढी रहेको तथ्यांक छ ।

जनकपुरधाममा बसोबास गर्ने कुल जनसंख्या मध्ये ५१.३ प्रतिशत पुरुष र ४८.७ प्रतिशत महिला हुन् ।

यस्तै, यहाँको लैङ्गिक अनुपात १०५.२५ रहेको छ ।

Sponsored

यस्तै, यहाँको जनघनत्व २,११५ रहेको छ भने ४० हजार ४०९ घरपरिवार रहेका छन् ।

यस्तै, राष्ट्रिय जनगणना २०७८ अनुसार यहाँ रहेका कुल जनसंख्याको ३५.४ प्रतिशत नागरिक अविवाहित रहेका छन् । जसमा पुरुष ४२.६ प्रतिशत र महिला २८.१ प्रतिशत छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *