TodayPati

मधेश प्रदेश : भारतीय रकमसहित एकजना पक्राउ

टुडेपाटी–
सप्तरी, फागुन २१ गते ।

सप्तरी प्रहरीले भारतीय रकमसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भारतको विहार राज्य कैसुर दतियाव ग्रामपंयात घर बताउने ५४ वर्षीय चन्द्रशेखर ननु ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका १ खाडो खोला स्थितमा प्रहरी चौकी तिलाठी र सशस्त्र प्रहरी बल बि.ओ.पी सप्तरीबाट खटिएको संयुक्त टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आउँदै गरेको ठाकुरलाई नियन्त्रणमा लिएको छ ।

ठाकुरको खानतलासी गर्दा उनको साथबाट विभिन्न दरको नोटहरु अबैध भारतीय रकम ८६ हजार ६५० रुपैयाँ फेला परेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका ठाकुरलाई आवश्यक कारवाहीका लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *