होलीमा सुरक्षाका लागि ५ सय ६० सुरक्षाकर्मी परिचालन
टुडेपाटी–
जनकपुरधाम, फागुन २१ गते ।
धनुषा प्रहरीले होली पर्वलाई दृष्टिगत गर्दै जिल्ला भरीको सुरक्षा व्यवस्थाका लागि ५६० जना प्रहरी परिचालन गरेका छन् ।
होलीमा हुनसक्ने आपराधिक घटनालाई नियन्त्रणमा लिन होली पर्वसम्मका लागि सुरक्षा व्यवस्थामा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक विश्वराज खडकाले जिल्लामा सुरक्षा व्यवस्था कडा बनाउन जिल्ला प्रहरी कार्यालयबाट ४ सय ८७ जना र प्रदेश प्रहरी कार्यालयबाट ७३ थप जनशक्तिसहित ५ सय ६० सुरक्षाकर्मी सुरक्षा योजना अन्तर्गत खटाइएको बताए।
उनले सुरक्षामा पैदल गस्ती, मोबाइल गस्ती परिचालन गरिनुका साथै नगर भित्र र नगरबाहिरका चेक प्वाइन्टहरुमा सुरक्षा व्यवस्थामा कडाई गरिने बताए ।
Sponsored