TodayPati

अबैध काठसहित सप्तरीबाट एकजना पक्राउ

टुडेपाटी–
सप्तरी, फागुन १७ गते ।

प्रहरीले अबैध काठसहित सप्तरीमा एकजनालाई नियन्त्रणमा लिएको छ ।

गएराति सप्तरीको खडक नगरपालिका ४ पनसेरा स्थितमा स्थानीय ४५ वर्षीय अशोक सादाले काँधमा बोकी अवैध रुपमा सखुवा जातको काठ लगि रहेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Sponsored

ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटेको प्रहरीको गस्ती टोलीले २५ क्यु.विक फिट काठ र सादालाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

पक्राउ परेका सदालाई काठसहित आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय सप्तरीमा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *