सप्तरीमा मिटरब्याजी तथा लघुवित्तिय संस्थाविरुद्ध विरुद्ध बृहत प्रदर्शन
शुभ नारायण यादव–
सप्तरी, फागुन १६ गते ।
सप्तरीमा लघुवित्तिय संस्थाले सेवाग्राहीबाट चर्को रुपमा ब्याज असुली सहितको ज्यादती विरुद्ध आन्दोलन सुरु भएको छ ।
लघुवित्तिय संस्था विरुद्ध संघर्ष समिति सप्तरीले मंगलबार राजविराजमा प्रदर्शन गर्दै आन्दोलन थालेको हो ।
लधुवित्तिय संस्थाको गतिविधिका कारण जनतामा यसको आकर्षण कम हुँदै गएको छ भने स यसको विरोधमा सेवाग्राहीले आन्दोलन गरिरहेका छन ।
लघुवित्तले १५ प्रतिशतभन्दा बढी ब्याज असुल्ने गरेको कारण आफुहरु आन्दोलनमा उत्रनु परेको पिडितहरु बताउनुहुन्छ ।
यसै क्रममा सयौंको संख्यामा रहेका सहभागीहरुले राजविराज नगरभरी र्याली, प्रदर्शन गरेका हुन् । उनीहरुले नव सामन्तीको रुपमा स्थापित लघुवित्तिय संस्थाहरु खारेज हुनुपर्ने, लघुवित्तिय संस्थाहरुद्वारा लगाइएको सामूहिक ऋण मिनाहा हुनुपर्ने, आम गरिब किसानहरुलाई निःशुल्क ऋण प्रदान गर्नुपर्ने माग गरेका छन् ।
Sponsored
त्यस्तै, आवश्यकता र क्षमतामा आधारित काम र दामको व्यवस्था हुनुपर्ने तथा समाजवादी अर्थतन्त्रको विकास हुनुपर्ने प्रदर्शन तथा र्यालीमा सहभागीहरुले जोडदार रुपमा माग उठाएका छन् ।
उनीहरुले आफुहरुको मागतर्फ सम्बन्धित पक्षले गम्भीरता नदेखाए थप सशक्त आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन ।