मालपोत कार्यालय जनकपुरधामबाट एकजना बिचौलिया पक्राउ
टुडेपाटी–
जनकपुरधाम, फागुन १६ गते ।
प्रहरीले मालपोत कार्यालय जनकपुरधामबाट एकजना बिचौलियालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपलिका–१६ बस्ने ४६ वर्षीय प्रदीप प्रसाद पासवान रहेका छन् ।
मालपोतमा आउने सेवाग्राहीलाई छिटो काम गराइदिन्छु भनेर पासवानले रकम बार्गेनिङ गर्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
आरोपीबारे जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरिरहेको छ ।
Sponsored