मधेश प्रदेश : छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्युु, एक दर्जन गम्भीर घाइते
शुभ नारायण यादव–
सप्तरी, फागुन १६ गते ।
सप्तरीमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सप्तरीको कंचनरुप नगरपालिका ९ बिष्णु मन्दिर नजिक पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको स्कारपियो र विपरित दिशातर्फ जादै गरेको घोडा बोकेको बोलोरो पिकअप एक आपसमा ठक्कर खादा एक महिला सहित दुई जनाको मृत्युु भएको हो ।
स्कारपियोमा सवार सुनसरीको दुहबी नगरपालिका वडा नं. ३ बस्ने संजय चौधरीको श्रीमती ४५ वर्षिया राजकुमारी चौधरी तथा सोही ठाउँका ४० वर्षिय हरेराम साह हलुवाईको मृत्यु घटना स्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यता, बोलोरो पिकअपमा रहेका २ वटा घोडा एउटा गाडीमा र एउटा उछिटिएर जमिनमा लडि घटना स्थलमा मृत्यु भएको छ भन्ने दुवै गाडिमा सवार तत्काल नाम थर वतन नखुलेको १२ जना घाईते समेत भएको सप्तरी प्रहरीले जनाएको छ ।
घाइतेहरुको तत्काल उपचारको लागि स्थानिय धर्मेश्वर अस्पताल ठेलिया सप्तरीमा पठाईएको तथा घटनास्थलमा ईलाका प्रहरी कार्यालय कन्चनपुरवाट खटिएको टोलिले उद्दार गरेको हो ।
Sponsored
घाइते १२ जनालाई स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि बिराटनगरतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ३ पोर्तहा स्थित पुर्व पश्चिम राजमार्गमा पश्चिमबाट पुर्वतर्फ आउदै गरेको भारतीय नम्बरको कारले पैदल यात्रीलाई ठक्कर दिदा एक जनाको मृत्युु भएको छ ।
ठक्करबाट तत्काल नाम, थर, वतन नखुलेको ३५ बर्षिय एक पुरुष रहेको प्रहरीले जनाएको छ ।
ठक्करबाट घाईते भई उपचारकोलागि भारदह अस्पताल भारदह सप्तरीमा ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
ठक्कर दिने कार र कार चालक भारतको सुपोल जिल्ला भिमनगर बस्ने ४९ बर्षिय राहुल सिंह प्रहरी नियन्त्रणमा रहेको तथा घटनाको थप आवश्यक कानूनी प्रकृया जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।