मधेश प्रदेश : जंगलमा यौनजन्य क्रियाकलाप गर्ने ७ महिला पक्राउ
टुडेपाटी–
बारा, फागुन १५ गते ।
बारा प्रहरीले जंगल क्षेत्रमा यौनजन्य क्रियाकलाप गर्ने ७ महिलालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको पथलैया अम्लेखगञ्ज सडकखण्ड अन्तरगत पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा दिउँसै यौनजन्य क्रियाकलाप गरिरहेको आरोपमा सातजना महिलालाई प्रहरीले पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार पक्राउ परेका महिलालाई मुद्दासमेत चलाइएको छ ।
प्रहरीले २० देखि ३५ वर्ष उमेर समूहका महिला यौनजन्य क्रियाकलाप गरिरहेको सूचनाका आधारमा उनीहरू पक्राउ गरेको हो ।
पक्राउ परेका सातै जनालाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा अदालतबाट पाँच दिनको म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइएको क्षेत्रीले बताए।
Sponsored