दिलीप महतो हत्या : दुईजनालाई २५ वर्ष र एकजनालाई साढे १२ वर्ष कैद
टुडेपाटी–
जनकपुरधाम, फागुन १२ गते ।
दिलीप महतो हत्या प्रकरणमा जिल्ला अदालत धनुषाले तीनजनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।
शुक्रबार न्यायाधीश चित्रबहादुर गुरुङ्गको इजलासले दुईजनालाई २५/२५ वर्षको कैद सजाय र जनही ५ लाख क्षतिपुर्ति र एकजनालाई साढे १२ वर्ष कैद र अढाई लाख जरिवाना तोकेको छ ।
न्यायाधीश गुरुङ्गले विपिन कुमार महतो र मुनिन्द्र महतोलाई २५/२५ वर्ष कैदको फैसला सुनाएका हुन भने पीडित परिवारलाई ५/५ लाख क्षतिपूर्ती दिन आदेश दिएका हुन् ।
यस्तै, मतियारको भूमिका खेलेका जितेन्द्र कुमार महतोलाई साढे १२ वर्ष कैद र अढाई लाख क्षतिपूर्ती दिन आदेश गरिएको हो ।
Sponsored