TodayPati

परिक्रमा आज जलेश्वरमा

टुडेपाटी-
जनकपुरधाम, फागुन १२ गते ।

मिथिलाको धार्मिक तथा एतिहासिक १५ दिने मध्यमा परिक्रमा आज महोत्तरीको जलेश्वर पुग्दै छ । मठिहानीबाट आज बिहानैदेखि परिक्रमा यात्री जलेश्वर पुगेर त्रेता यगकालिन महादेव स्थलको रुपमा रहेको जलेश्वरनाथको पुजापाठ र दर्शन गर्ने छन् ।

परिक्रमावासीलाई नगरपालिकावासी र स्थानिय युवा कल्वहरुले स्वागत गरेका छन् । महोत्तरीको जलेश्वर नगरपालिकाले मिथिला माध्यमिकी परिक्रमा मेला (उत्सव, जात्रा) का लागि सार्वजनिक बिदा घोषणा गरेको छ । जलेश्वर नगरपालिकाले आज परिक्रमा यात्रीलाई स्वागत गर्न सार्वजनिक बिदा दिएको छ ।
मिथिला माध्यमिकी यात्राको पाँचौँ दिन आज राम–सीताको डोलासहितका यात्री रात्रिविश्रामका लागि जलेश्वर आउने क्रम एकाबिहानैदेखि शुरु भएको छ ।
जलेश्वरमा आइपुग्ने यात्री श्रीजलेश्वरनाथ महादेवको दर्शन गरेर परिक्रमा पोखरी (यात्री बस्ने ठाउँको नाउँ) मा जम्मा हुन्छन् । रामसीताको डोला राखिनासाथ दर्शन गर्नेको भीड लाग्छ । डोला आइपुगेपछि भोलिपल्ट अघिल्लो यात्रामा ननिस्कुनञ्जेल नाचगान, भजनकीर्तन र खेलतमासाको मेला उत्सव रहने रात्रिविश्रामस्थलको पुरानो परम्परा हो ।

Sponsored

गत सोमबार फागुन औँशीका दिन धनुषाको ठेराकचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली चौथो दिन मटिहानी पुगेको थियो । आज पाँचौ दिन जलेश्वरमा रात्रिविश्रामपछि छैटौँ दिन भोलि मडै, सातौँ दिन ध्रुवकुण्ड र आठौँ दिन कञ्चनवनको बासपछि महोत्तरीको यात्रा पूरा हुनेछ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *