जनकपुर हार्डवेयर व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत चयन
टुडेपाटी–
जनकपुरधाम, माघ २८ गते ।
जनकपुर हार्डवेयर व्यवसायी संघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ ।
शनिबार जनकपुरधाममा शशी कुमार गुप्ताको नेतृत्वमा संघको नयाँ कार्यसमिति चयन भएको हो ।
नवगठित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा पंकज कुमार महतो, उपाध्यक्षमा सरोज साह, महासचिवमा दिनेश कुमार हाथी, सचिवमा शिवशंकर कुमार साह र कोषाध्यक्षमा मुकेश नायकलाई सर्वसम्मत चयन गरिएको प्रमुख निर्वाचन अधिकृत ललित कुमार साहले जानकारी दिए ।
त्यस्तै, संघको सदस्यहरुमा संतोष कुमार गामी, ओमप्रकाश साह, प्रदिप कुमार साह, विशेश्वर महासेठ, जबाहर साह, रामप्रताप साह, धनन्जय कुमार साह, सुनिल कुमार यादव र अशोक कुमार साह रहेका छन् ।
Sponsored