मधेश प्रदेश : गिटी–बालुवा निकासी करको विवादमा झडप, ४ जना घाइते
टुडेपाटी–
रौतहट, माघ २८ गते ।
रौतहटमा गिटी बालुवा निकासीको करको विषयमा विवाद हुँदा चारजना घाइते भएका छन् ।
शनिबार जिल्लाको बृन्दावन नगरपालिकास्थित वाग्मती नदीको रमौली र बिश्रामपुर खोलाबाट निकालिने गिटी, बालुवा करको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।
झडपमा दुई पक्षका चार जना समान्य घाइते भएका छन् भने स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
स्थानीयले नगरप्रमुख विनोद पटेलले मनपरी गरेको भन्दै विरोधमा कर उठाउन बनाइएको झुपडी घरसमेत भत्काई आगजनी गरिदिएका छन् ।
नदीबाट निकासी हुने वस्तुको कर उठाउने विषयमा शनिबार अपराह्न दुबै पक्षबीच झडप भएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढामगरले बताए ।
Sponsored
अहिले अवस्था सामान्यजस्तै भएको उनले बताए ।