मधेश प्रदेश : बोलेरोको ठक्करबाट एकजनाको मृत्यु
टुडेपाटी–
सर्लाही, माघ १८ गते ।
सर्लाहीमा बोलेरो गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–१७, रानिगन्ज डाँडाटोलमा वुधबार दिउँसो बोलेरो गाडीको ठक्करबाट सोही ठाउँका ३३ वर्षीय राजकुमार महतोको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका महतोलाई उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पताल ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रदेश–२–०२–००२ प ९२५३ नम्वरको मोटरसाइकल र मिनरल वाटर बोकेको प्रदेश २–०३–००१ च ३१२९ नम्वरको बोलेरो पिकअप घुम्तीमा एकआपासमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा संलग्न बोलेरो र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।
Sponsored