TodayPati

मधेश प्रदेश : प्रहरीद्वारा गोदाममा छापा, साढे १३ लाखको चामल बरामद

टुडेपाटी–
पर्सा, पुस २१ गते ।

प्रहरीले पर्साको वीरगञ्जमा ३ वटा चामल गोदाममा छापा मारेर साढे १३ लाखको चामल बरामद गरेको छ ।

बुधबार वीरगञ्ज महानगरपालिका ११ रानीघाटमा देवशरण साह, कृष्ण साह र नेपाली बाबु भनिने सुनिल साहले सञ्चालन गरेको गोदाममा छापा मारेर भन्सार छलीका १३ लाख ६० हजार मूल्य बराबरको चामल बरामद गरेको हो ।

Sponsored

कतरनी, जिरामसिनो र बासमतीका २० र २४ किलो दरका ९ सय ५ बोरा चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरीले बरामद गरेको चामल वीरगन्ज भन्सार कार्यालयमा पठाएको छ ।

भन्सार छली गरेर ल्याएको चामल भण्डारण गरिएको सूचनाको आधारमा प्रहरीले छापा मारेको प्रवक्ता गिरीले बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *